कालीकोट । हिमचुली कृषि सहकारी संस्था लि.कालीकोटको अर्धवार्षिक समिक्षा गोष्ठि सम्पन्न भएको छ ।
संस्थाको आर्थिक वर्ष २०८२।०८३को साउन देखि पौष मसान्त सम्मको प्रगतिका समिक्षा फागुन १ र २ गते मान्ममा सम्पन्न भएको हो । सहकारीका ११ वटा सेवा केन्द्र र १ व्यवसाय विभाग सहित उच्च व्यवस्थापनका व्यवस्थापकहरुले प्रगति प्रतिवेदन प्रस्तुत गरेका छन ।
दुइ दिन सम्म चलेको अर्धवार्षिक समिक्षा गोष्ठिमा सहकारीका निवर्तमान अध्यक्ष काली बहादुर महताराको उपस्थितिमा भएको कार्यक्रममा संस्थाका अध्यक्ष सरोज बोगटी अध्यक्षतामा शुरु भएको थियो । सो कार्यक्रममा संस्थाका उपाध्यक्ष, सचिव,कोषाध्यक्ष सहितका पदाधिकारीहरुको सहभागिता रहेको बताइएको छ ।
संस्थाले ६ महिनामा गरेको समिक्षा सहित ३१ बुद्धे कार्ययोजना पारित गर्दै गोष्ठि सम्पन्न गरिएको छ । सहकारीका हाल १५ हजार ६ सय सदस्य, ४० करोड कर्जा, कृषि अर्गानिक वस्तुको व्यवस्थापन सहितको कारोबार गर्दै आएको कर्नालि प्रदेशको ठुलो व्यवसायिक सहकारी संस्था रहेको छ ।