मेरो भन्नु ……….
नेपालको संविधानको धारा ५०(३) ले सार्वजनिक ,निजी र सहकारी क्षेत्रको सहभागीता तथा विकास मार्फत उपलब्ध साधन र श्रोतको अधिकतम परिचालन द्धारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने लक्ष्य लिए अनुसार सहकारी क्षेत्र समुदाय मा छरीएर रहेको श्रम,सीप,साधन र श्रोतलाई समुदाय कै सहभागीतामा केन्द्रिकरण गरी प्रजातान्त्रीक पद्धतिवाट संचालन हुने व्यवसायीक संस्था हो । आर्थिक विकास,सामाजिक न्याय,उत्पादकत्व वृद्धि र गरिबी न्यूनीकरण सहकारीका मूख्य लक्ष्यहरु हुन । यिनै लक्ष्य प्राप्ती गर्ने ध्येयका साथ हिमचुली कृषि सहकारी संस्था लि.सहकारी ऐन २०४८ आनुसार २०६५ साल भदौ २५ गते डिभिजन सहकारी कार्यालय सुर्खेतमा दर्ता भई संचालनमा आएको छ ।
यस सहकारी संस्थाको १० वटा सेवा केन्द्र र १ वटा मुख्य कार्यालय रहेका छन् । सहकारी संस्थाले वचत तथा ऋणको कारोवार , कृषि रैथानेबालि कारोवार, दुधडेरी उद्योग, आर्गानिक पसल, सोलार स्टोर, कृषि क्षमता अभिबृद्धि कार्यक्रम संचालन गरी रहेको छ ।सहकारीले सदस्यहरुको उत्पादन, सिमी, मकै भटमास, कोदो, चिनो, फापर,धान,रातो चामल लगायत वस्तुहरु संकलन र वजारीकरण गरी रहेको छ ।
त्यसै गरी तरकारी खेति र पशु पालन गर्ने कृषकहरुलाई सहुलियत दरमा कर्जा लगानी गरी रहेको छ । हाम्रो सहकारीले गरिबी घटाएर स्थानीय समुदायको सामाजिक र आर्थिक विकासमा समर्पित छ। आज सम्म आउदा हामीमा आत्मविश्वास बढाउने र निरन्तर सहयोग गर्नुहुने यहाँहरु जस्तै वेवसाइट भिजिर्टसहरु, विभिन्न संघ संस्था, शुभचिन्तक तथा शेयर सदस्यहरुप्रति हामी आभारी छौं । यहाँहरुको प्रत्यक्ष अप्रत्यक्ष सहयोगहरु हाम्रो इतिहासमा स्वर्ण अक्षरले लेखिनेछन । आगामी दिनहरुमा पनि यहाँहरुको निरन्तर माया र सहयोग पाइरहने अपेक्षा गरिरहेका छौं । हामीले यहि मिति २०८२ साल पौष् १६ गते सम्पन्न १७ औं वार्षिक साधारण सभा तथा छैटौं अधिबेशन गरी सौहार्द वातावरणमा नयाा संचालक समिति तथा विभिन्न उपसमिति गठन गरेका छौैं । हामीले हाम्रा सेवालाई प्रभावकारी बनाउनका लागि केही नीति नियमहरु परिमार्जन गरी थप सेवा दिन अग्रसर हुने छौं । यहाँहरुलाई अझै गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।