कालीकाेट । सहकारीले ४ लाख ५० हजार कर्जा मिनाह गरेकाे छ । खाँडाचक्र नगर पालिका ४ बद्रिगाउँ निवासि हरिचन्द्र अाचार्यकाे कर्जा मिनाह गरेकाे हाे । जन्टिस राेगका कारण विरामी परेका अाचार्यकाे गएकाे फागुन २९ गते निधन भएकाे थियाे ।
सहकारीका कर्जा प्रमुख रुपेन्द्र ऐडी र लेखापाल शेर बहादुर विककाे उपस्थितिमा भएकाे कार्यक्रममा महिला उद्दमि समुहका सदस्यहरुकाे सहभागिता रहेकाे थियाे । साे कार्यक्रममा सालडाँडा अाधारभुत विद्यालयका शिक्षक लक्ष्मि अाचार्यले सहकारीले कर्जा मिनाह गरेकाेमा धन्यवाद दिएका छन । खाँडाचक्र नगर पालिका वडा न.४ बद्रिगाउँ निवासि यस हिमचुली कषि सहकारी संस्था लि.का सदस्य श्री हरिचन्द्र आर्चायको निधन पश्चात कर्जा विमाबाट प्राप्त रकम रू. ४,५०,००० (चार लाख पचास हजार) मिनाह सहित क्रिया खर्च स्वर्गिय हरिचन्द्र आचार्यकी आमा मनकोइला आचार्यलाई ५००० नगद र फोटो फ्रेम हस्तान्तरण गरिएकाे फिल्ड सहायक दिनेश फर्सालले जनाएका छन।
हिमचुलि कृषि सहकारी सँस्थाले विगत देखि कर्जा विमा र सदस्यकाे विमा गर्दै अाएकाे छ ।
