कालीकोट । सहकारी संस्था द्धारा उत्पादित कृषि वस्तु संकलन गर्दै आएको हिमचुली कृषि सहकारी संस्था प्रथम आएको छ । उद्योध तथा उपभोक्ता हित संरक्षण निर्देशानलय सुर्खेतले आयोजना गरेकोको कार्याक्रममा सहकारीले उत्पादन तथा सदस्यहरुबाट संकलन गरिएको कृषि वस्तुहरु प्रदर्शनिमा राखिएकोमा प्रदेश स्तरबाट प्रथम आएको बताइएको छ ।
प्रदर्शनिमा सहभागि एक दर्जन बढि उद्योग तथा उत्पादन कम्पनिका साथै सहकारीहरुले आफै उत्पादन तथा सदस्यहरुबाट संकलन गरिएका वस्तु राखेका थिए ।
सो कार्यक्रममा राखिएका स्टलहरु मध्ये हिमचुलि कृषि सहकारी संस्था प्रथम आएको सहकारीका अध्यक्ष कालि बहादुर महताराले बताएका छन । आयोजक निर्देशानलयले प्रथम आउन सफल भएको हिमचुली कृषि सहकारी संस्थालाई २५ हजार नगद सहित सम्मान पत्र प्रदान गरिएको हो । सहकारीले जिल्ला सदरमुकाम मान्मका साथै नाग्म ,नरहरिनाथ र रास्काेटमा सदस्यहरुकाे उत्पादन कृषि वस्तु खरिद विक्रि गर्दै अाएकाे छ ।