कालीकोट । हिमचुली कृषि सहकारी संस्था लि.कालीकोटले तेस्रो राष्ट्रिय कोदो दिवस मनाएको छ । जिल्लाको खांडाचक्र नगर पालिकाको वडा न.४ गल्लि कृषि फर्म तथा कृषि सिकाइ केन्द्रमा कोदो रोपेर कोदो दिवस मनाइएको हो । संस्थाका कर्जा विभाग प्रमुख रुपेन्द्र बहादुर ऐडी लगाएतका कर्मचारी तथा कृषकहरुको सहभागितामा कोदो दिवस मनाइएको हो ।
संस्थाले हरेक वर्ष कोदो उत्पादनमा बृद्धि ल्याउन विभिन्न कार्यक्रम गर्दै आएको भएपनि यस वर्ष भने कोदो दिवस मनाएको सहकारीले जनाएको छ । त्यसै गरी संस्थाको आयोजना तथा हिमालयन प्रमाकल्चर सुर्खेतको सहयोगमा ५ दिने किसान परिचयात्मक तालिम समापन गरिएको छ ।
संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यको उपस्थितिमा भएको कार्यक्रममा हिमालयन प्रमाकल्चर सुर्खेतका कार्यक्रम सँयाेजक होममाया गुरुङ खड्का र सहजकर्ता इन्द्रा बुढाको सहभागिता भएको तालिममा संस्थाका गठित महिला उद्यमि समुहका महिलाहरुले व्यवहारिक रुपमा कृषि व्यवसाय सम्बन्धि ज्ञान आर्जन गरेको सहकारीका व्यवसाय व्यवस्थापक शन्तोष भण्डारीले बताएका छन । सहकारीले जिल्लाका विभिन्न स्थानमा किसान घुम्ते तालिमहरु संचालन गर्दै क्षमता अभिबृद्धिमा काम गर्दै अघि बढेको बताइएको छ ।
