कालीकोट । वित्तिय तथा कृषि क्षेत्रमा विभिन्न कार्य गर्दै आएको हिमचुली कृषि सहकारी संस्थाको आर्थिक वर्ष २०८२।०८३को खाताबन्दि संगैं आर्थिक वर्ष २०८३र८४ को कार्यसम्पादन सम्झौता गरिएको छ।
आर्थिक वर्ष २०८२।०८३को प्रगति अनुसार संस्थाले चालु आर्थिक वर्षमा गरिने काम तथा हासिल गरेका प्रगतिका आधारमा सबै कर्मचारीहरु संग तय गरिएका कार्यक्रमको सम्झौता गरिएको छ । जिल्लाभरका विभिन्न सेवा केन्द्रका कर्मचारीहरुलाई वार्षिक कार्ययोजना बनाई कार्यन्वयनमा ल्याउनका लागि छलफल गरिएको छ।
कार्यसम्पादन सम्पादन सम्झौताका क्रममा सेवा केन्द्रका कर्मचारीको इलाका प्रमुखसंग सम्झौता गरिएको छ भने इलाका र विभागका कर्मचारीहरुको हकमा मुख्यव्यवस्थापक विचमा कार्यसम्पादन सम्झौता गरिने भएको छ । त्यसै गरी संस्थाको समग्र कार्यसम्पादन सम्झौता संचालक समिति समक्ष गरिने कार्ययोजना रहेको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले जानकारी दिनु भएको छ ।
सहकारीले आर्थिक वर्ष २०८२।०८३मा एक करोडको हाराहारीमा मुनाफा कमाउन सफल भएको जनाइएको छ । कृषि वस्तुको संकलन भण्डारण र विक्रि वितरणका साथै वित्तिय कारोबार गर्दै आएको हिमचुली कृषि सहकारी संस्था लि.२०६५ सालमा स्थापना भएको हो । हाल १५ हजार सदस्य रहेको हिमचुली कृषि सहकारी संस्था लि.का ३ हजार २ सय जना सदस्यहरुमा ४२ करोड कर्जा प्रवाह गरिएको छ भने ३३ करोड २९ लाख छ भने आठ करोड २३ लाख शेयर रहेको बताइएको छ ।